2024-04-30

Close

जनकपुरधाम :- नेपाल खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुखलाई कुटपिट गरी दुर्व्यवहार गर्ने जनमत पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

निमित्त कार्यालय प्रमुख राजेश्वर कुश्वाहालाई कुटपिट गरी दुर्व्यवहार गर्ने पार्टीका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कार्यालय प्रमुख कुश्वाहालाई दुर्व्यवहार गर्ने १० जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको जानकारी दिए।

प्रहरीले नियन्त्रणमा लिएपछि जनमत पार्टीका कार्यकर्ताहरू जिल्ला प्रहरी कार्यालयअगाडि नारबाजीमा उत्रिएका बास्तोलाले बताए।

बास्तोलाले जनमत पार्टीका कार्यकर्ताहरू भूमिगत शैलीमा कार्यालयभित्र छिरेर कुश्वाहालाई दुर्व्यवहार गरेको बताएका छन्।

‘कार्यालयभित्र भूमिगत शैलीमा छिरेर उनीहरूले प्रमुखलाई दुर्व्यवहार गरेका रहेछन्,’ उनले भने, ‘प्रहरीले तत्काल उद्धार गर्यो। तर, कुनैकतै खबर नगरेर एकदम भूमिगत शैलीमा यस्ता गतिविधि गरेका छन्।’

कार्यालय प्रमुखमाथि दुर्व्यवहार गरेर गलत हर्कत गर्नेहरूमाथि कारबाही हुने उनले बताए।

प्रमुख जिल्ला अधिकारी बास्तोलाले कार्यालय प्रमुख कुश्वाहालाई तत्काल उद्धार गरिएको बताए पनि जमत पार्टीका कार्याकर्ताले उनलाई लछारपछार पार्दै बजार क्षेत्रमा घुमाइरहँदा प्रहरी भने मुकदर्शक बनेर बसेको स्थानीयहरूले बताएका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds