2024-04-30

Close

जनकपुरधाम : धनुषाबाट स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवक सशस्त्र प्रहरीद्वारा पक्राउ परेका हुन् ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं. १ सिनुरजोडा बस्ने २३ वर्षीय अमित कुमार यादव सो परिमाणको रकमसहित बिहीबार पक्राउ परेका हुन् ।

बिहीबार दिउँसो १२ः५० बजेको समयमा भारतबाट नेपाल भित्रिरहेको अवस्थामा धनुषाको नगराइन नगरपालिका २ स्थितबाट यादवलाई स्रोत नखुलेको सो परिमाणको रकमसहित पक्राउ गरेको सशस्त्र प्रहरी जटहीका इन्चार्ज सई संजय बरालले जानकारी दिए ।

प्रदेश २-०२-००१ प ०४८८ नम्बरको मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याउँदै गरेको नगद विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको हो । ट्यांकी भित्र चेकजाँच गर्दा यादवसंग स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँ बरामद भएको सई बरालले बताए ।

पक्रउ यादवमाथि थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनी हुण्डीकारोबारी हुन सक्ने प्रहरीको आशंका छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds