राजनितिक अस्थिरताका कारण मुलुक डुबिरहेको छ : एमाले केन्द्रीय उपाध्यक्ष पोखरेल

श्याम गुप्ता
बारा, २७ बैशाख
नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका निर्वाचन परिचालन कमिटिको आयोजनामा बाराको सिमरामा बृहत चुनावी सभा सम्पन्न भएको छ ।
बैशाख ३० गते हुँने निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले जीतपुरसिमरामा आफ्नों शक्ति प्रदर्शन गरेको हो ।
चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष इश्वर पोखरेलले गरिब हुँनै नसक्ने हाम्रो देश राजनितिक अस्थिरताका कारण मुलुक डुबिरहेको बताएका छन् ।
छिनछिन मैं सरकार बदलिनुका कारण बिकास निर्माणका कामहरु अवरुद्ध भएको नेता पोखरेलले बताएका हुँन् ।
नेकपा एमाले सँधै जनताको लागि काम गर्ने पार्टी भएको बताउँदै उहाँले एमाले मात्रै मुलुकलाई निकास दिन सक्ने बताए । उनले नेकपा एमालेबाट यस नगरमा उम्मेदावरी दिने पहिलो महिला मेयर उम्मेदवार सरस्वतीदेवी चौधरी लगायत सम्पूर्ण टिमलाई भारी मतले विजयी गराउँनु अनुरोध समेत गरे ।
कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, ज्वाला कुमारी साह, मधेश प्रदेश कमिटि सदस्य देव नारायण चौधरी, नगर प्रमुख पदकी उमेदवार सरस्वती देवी चौधरी, उपप्रमुख पदका उमेदवार भोला प्रसाद अधिकारी लगायतले सम्बोधन गरेका थिए ।
निर्वाचन परिचालन कमिटि संयोजक मनोज पौडेललेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर सचिव रत्न उप्रेतीको रहेको थियो ।

बिज्ञापन