सशस्त्र प्रहरीको १६३ बीओपीका प्रमुख फेरिए, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सशस्त्र प्रहरीको सीमा सुरक्षामा रहने बोर्डर आउट पोस्ट (बीओपी) का १६३ जना प्रमुख फेरिएका छन् । सशस्त्र मुख्यालयले इन्सपेक्टहरूको काज सरुवा गर्दै उनीहरूलाई त्यहाँ पठाएको हो ।

यसअघि बिहीबार ४२८ सशस्त्र प्रहरी निरीक्षकको एकैपटक सरुवा गरिएको थियो । सरुवा भएको एक साता नबित्दै उनीहरूमध्ये १६३ जनालाई बीओपी नेतृत्वको जिम्मेवारीमा खटाइएको हो ।

बिज्ञापन

इन्सपेक्टरले नेतृत्व गर्ने बीओपीमा जान हानाथाप नै चल्ने गरेको छ ।