2024-05-11

Close

जनकपुरधाम । धनुषा प्रहरीले मानव बेचबिखन आरोपमा तीन जनालाई पक्राउ गरेको छ । गत भदौ १२ गते धनुषाको इनरबा नाकाबाट दुई बालिकालाई भारततर्फ बेच्न लैजाँदै गर्दा बोर्डरबाटै तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ ईनर्वा रेल्वे स्टेशन हुँदै २ जना बालिकाहरूलाई घर डेराबाट ललाई फकाई भारतको दिल्ली तर्फ वेचविखन गर्ने उदेश्यले लगिरहेको अवस्थामा धनुषाको कमला नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २६ को रुपेश मिश्र, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ लादोबेला बस्ने बर्ष २३ को दिल महमद साह र महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर २ बस्ने रानी भन्ने मुस्कान मण्डललाई प्रहरीले पक्राउ गरेको हो । बालिका बेचबिखनको लागि भारत लगिरहेको जानकारी पाएलगत्तै तत्कालै ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरेको हो । प्रहरी नीरिक्षक निरञ्जन घिमिरेको कमाण्डमा गएको प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds