2024-05-06

Close

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाले अगामी आर्थिक वर्ष ८०/८१ का लागि ७० करोड ५ लाख ३ हजार ५ सय १ रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

आइतबार सातौं नगरसभामा नगरप्रमुख बेचन दासले सो नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन । नगरप्रमुख दासले प्रस्तुत गर्दै उनले बजेटमा चालुतर्फ ५२ करोड ३२ लाख ८६ हजार पाँच सय र पुँजिगततर्फ १७ करोड ७२ लाख १७ हजार रहेको बताए ।

बजेटको स्रोतको रुपमा नेपाल सरकारबाट प्राप्त वित्तीय अनुदान १० करोड ७१ लाख, सशर्त अनुदान १९ करोड राजस्व वाँडफाँटबाट प्राप्त हुने आठ करोड ६३ लाख २२ हजार, सामाजिक सुरक्षाका लागि १५ करोड, नगरपालिकाको चालु आर्थिक वर्षको बाँकी रहने मौज्दात १० करोड छ लाख, प्रदेश सरकार वित्तीय सामानीकरण ७७ लाख ३० हजार, प्रदेश सरकारको राजस्व वाडँफाँटबाट प्राप्त हुने ४५ लाख, मालपोत कार्यालयबाट प्राप्त हुने रजिस्ट्रेसनबापतको ४५ लाख रहेको हो ।

नीति कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख साहले किसान, मजदुर, दलित, जनजाती, पिछडावर्ग लगायतका समुदायको जिवनमा सुधार हुनेखालका कार्यक्रमहरु नीति कार्यक्रम तथा बजेटमा समावेश गरिएको छ ।

कार्यक्रममा नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक लखन दासले नगर प्रमुखले प्रस्तुत गरेका बजेटले नगरको विकास र समृद्धिमा महत्वपुर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छ्न ।

तीन वटै तहका सरकारले एक अर्कासँग समन्वयगरी अघि बढेमा नेपालको विकासले फड्को हान्ने उहाँले बताउनुभयो । कार्यक्रममा विदेह नगरपालिकाका कार्यकारी अधिकृत सञ्जिव साहले नगरसभाको सफलताको शुभकामना व्यक्त गरे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds