जनकपुरधामको जे.पी. लौण्ड्रीद्वारा गंगासागर घाटको सरसफाई

जनकपुरधाम । जनकपुरधामको प्रख्यात ड्राई क्लिनिङ जे.पी. लौण्ड्री एण्ड क्लिनले गंगासागर घाटको सरसफाई गरेको छ ।

थोरै समयमा धनुषा जिल्लाभरि गुणस्तरीय लौण्ड्री सेवा दिएर प्रख्यात हुन सफल भएको जनकपुरधामको जे.पी. लौण्ड्रीले सामाजिक कार्यमा समेत योगदान दिन सुरु गरेको छ ।

बिज्ञापन

शनिबार लौण्ड्रीका सञ्चालक प्रेम यादवसहित सम्पूर्ण लौण्ड्रीमा कार्यरक्त कर्मचारीहरुले जनकपुरधामको ऐतिहासिक गंगासागर घाटको सरसफाई गरेको छ । उनीहरुले गंगा आरती हुने स्थान देखि चारैतिरका घाटहरुको पनि सफाई गरेका छन् । सरसफाई कार्यक्रममा मधेश प्रदेश सभा सदस्य रामअशिष यादवको पनि सहभागिता रहेको थियो ।

त्यस्तै अब प्रत्येक हप्ता यो सरसफाई कार्यक्रम जारी राख्ने लौण्ड्रीका सञ्चालक यादवले जानकारी दिए । उनेल सम्पूर्ण जनकपुरवासीलाई पनि सामाजिक कार्यमा योगदान पुर्याउन आग्रहसमेत गरे ।