2020-10-21

Close

जनकपुरधाम : प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा पनि मंगलबारदेखि निषेधाज्ञा (कर्फ्यु) जारी गर्ने निर्णय गरिएको छ ।

सोमवार राति १२ बजेदेखि लागु हुनेगरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको धनुषाका सिडिओ प्रेमप्रसाद भट्टराईले जानकारी दिए । कोरोना संक्रमितको संख्या दिन-प्रतिदिन बढ्दै गएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको उनले बताए ।

उनका अनुसार स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक काम बाहेक बिना पास घरबाट बाहिर निस्किए कारवाही गरिने उनको भनाई छ ।

निषेधाज्ञाको समयमा औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, एम्बुलेन्स लगायत संचालनमा रहने जनाइएको छ ।

धनुषामा एक जनाको कोरोनाले मृत्यु भएको छ भने उच्च अदालत जनकपुरका एक न्यायाधीश, प्रादेशिक अस्पताल जनकपुरधामका तीन नर्स, सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीसहित सैयौं व्यक्तिमा कोरोना पुष्टि भइसकेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर