2025-06-26

Close

जनकपुरधाम । पर्सा जिल्लाबाट संघीय सरकारमा मन्त्री बनेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता भ्रष्टचार काण्डमा मुछिएका छन ।

मन्त्री गुप्ताको घुस मागेको अडियो सार्वजनिक भएपछि उनी भ्रष्टचार काण्डमा मुछिएका हुन । अडियोमा मन्त्री गुप्ताले आफैंले घुस मागिरहेको स्पष्ट रूपमा सुन्न सकिनेछ । यो काण्ड बाहिरीएसंगै मन्त्री गुप्ता विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

उनी विरुद्ध आयोग मंगलबार भ्रष्टचार सम्बन्धी मुर्दा दर्ता भएको हो । उजुरीको दर्ता नम्बर ऋ–०७८५५५ रहेको छ । दर्ता गरिएको उजुरीमा मन्त्री गुप्ताले कास्की जिल्ला मालपोत कार्यालयको प्रमुखको सरुवा तथा थमौती मिलाइदिने भन्दै ५३ लाख रुपैयाँ माग गरेको उल्लेख छ । यसैगरी भने भूमि आयोगको सदस्य बनाउन २५ लाख रुपैयाँ घुस मागेको अडियो प्रमाणसहित अख्तियारमा उजुरी परेको छ ।

मन्त्री गुप्ताले एक व्यापारीसँग जम्मा ७८ लाख रुपैयाँ डिल गरेको र उक्त वार्ताको अडियो रेकर्ड समेत अख्तियारमा बुझाइएको छ । अडियोमा मन्त्री आफैंले घुस मागिरहेको अडियो सार्वजनिक भएको थियो ।

अडियोमा मन्त्रीले रकम दराजमा राखिएको र आफूले पूर्वमन्त्री रहेकी एक सांसदमार्फत पटकपटक रकम लिएको समेत उल्लेख गरिएको स्रोतले जनाएको छ ।

उजुरीकर्ताले उजुरीमा पैसाको तस्बिर, गाडी नम्बर र नम्बर नोट विवरण समेत अख्तियारमा पेश गरिएको छ । सार्वजनिक भएको अडियोमा मन्त्री अडियोमा मन्त्रीले, “पशुपतिनाथ र आफ्नै छोराको कसम खाएर भन्न्छु, सचिवले नमान्दा समस्या भएको हो तर तपाईंको समस्या मेरो पनि हो, हामी दुई भाइ मिलेर गर्छौं,” भनेको अंश पनि सुन्न सकिने छ ।

यस विषयमा प्रतिक्रिया लिन मंगलबार मन्त्री गुप्तालाई फोन र म्यासेजमार्फत सम्पर्क गरिए पनि उनले “बुधबार भेटेर कुरा गरौं, समाचार अहिले नछाप्नु” भन्दै प्रतिक्रिया दिन अस्वीकार गरेका छन ।

विवादमा तानिएका मन्त्री गुप्ता पर्सा जिल्लाबाट नेकपा एमालेबाट निर्वाचित भई संघीय सरकारमा मन्त्री बनेका हुन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर