2024-03-19

Close

जनकपुरधाम, निकै लोकप्रिय बनेको टिकटकले जनकपुरमा अश्लिलता बढाएको पाईएको छ । टिकटकरहरुले जानकी मन्दिर, बिबाहमण्डप, स्वर्ग द्वार तथा गंगा सागर मा अश्लिल भिडियो बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको छ ।

जनकपुरधाम वडा नं ५ निवासी गणेश साहले प्रशासन कार्यालयमा उजुरी गरेका हुन ।

स्कुले वालबालिका तथा युवायुवत्तीहरुले अश्लिल भिडियो बनाउंदै आएको उजुरीमा उल्लेख छ ।

अन्तरास्ट्रीय रुपमा चर्चित मोबाईल एप तथा भिडियो सेयरिङ प्लेटफर्म टिकटकका प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बढेको पाइएको छ ।

यसको प्रयोगकर्ता जसले रमाइलो गर्ने र भाइरल हुने बहानामा जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता तथा धार्मिक स्थलमाथि प्रहार भइरहेको प्रहरीको ठहर छ । यसै बिषयलाई लिएर पश्चीमी देशले आफ्नो देशमा टिकटक बन्द नै गरेका छन भने छिमेकी देश भारतले पनि सुरक्षा कै कारण देखाई टिकटक बन्द गरेको छ ।

बैंकका कर्मचारी , नेपाल प्रहरी , नेपाली सेनाले ड्युटी यूनीफर्ममा नै भिडियो बनाई सार्वजनिक गर्ने गरेको पाईएको छ । आफुलाई चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड ,गाली गलौज गरिदिने प्रवृत्ति बढेको छ ।

ब्युरोका एसपी पशुपति रायका अनुसार साइबर अपराधमा टिकटकले अपराधिक घटनालाई बढ़ावा दिईरहेको छ।

सरकारले यस्ता एपको समयमानै कानून को दायरामा नराखें वा बन्द नगरे सुरक्षाकर्मी तथा प्रशासन कै टाउको दुखाईको बिषय नबन्ला भन्न सकिन्न ।

अभद्र व्यवहार गर्ने,रेकर्डेड कुरा बाहिर ल्याउने, चरित्र हत्या गर्ने, गोप्य कुराको खुलासा गरिदिने, टिकटक बनाउनकै लागि अनावश्यक उटपट्याङ गर्नेजस्ता गलत कार्य दिन प्रति दिन बढीरहेको छ ।’टिकटकबाटै मानसिक तनाब , हिंसा भइरहेको भन्दै प्रहरीकोमा उजुरी दिन पुग्ने महिला संख्या पनि बढेको छ ।

कोही यही टिकटक कै कारण आफु चर्चित तथा भाईरल हुने रहरले जोखिम लिएर भिडियो बनाएका छन भने केहिको त अनाबस्यक दुर्घटनामा परि मृत्यु समेत भएको छ र यस्तै घटना नेपालमा पनि बढ़ीरहेको छ ।

अबको समय सरकारले यस टिकटक बन्द गर्ने की यस्ता घटनालाई प्रश्रय दिने हो आगामी दिनले बताउने छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds