धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु!

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा आज दिउँसो मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

बा. ४८ प ५५२२ नम्बरको मोटरसाइकल रुखमा ठोक्किँदा गणेशमान चारनाथ नगरपालिका-१ का २७ वर्षीय दीपलाल महरा र सोही ठाउँका २१ वर्षीय हरिचन महराको मृत्यु भएको हो । लालबाबु पासवान गम्भीर घाइते भएका छन् ।

बिज्ञापन

प्रहरीका अनुसार तीनैजना एउटै मोटरसाइकलमा सवार थिए । मोटरसाइकल तीव्र गतिमा चलाएकोले अनियन्त्रित भइ रुखमा ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ ।