2024-04-24

Close

जनकपुरधाम,जिल्ला सहकारी संघ लि.धनुषाको ५२ औं वार्षिक साधारण सभा जनकपुरधाम जिल्ला सहकारी संघ कार्यालयको सभा हाल मुरलीचोकमा सम्पन्न भएको छ । संघका अध्यक्ष हरिश्चन्द्र प्रसाद हरिऔधको अध्यक्षता र जिल्ला समन्वय समिति धनुषाको प्रमुख रामदेव बनरैत यादवको प्रमुख अतिथिमा उद्घाटन गरिएको सभामा सहभागिहरुले सहकारी मार्फत नै सर्वसाधारणको जिविको परिवर्तन हुनेमा जोड दिए ।

जिल्ला भित्र रहेका सवै प्रकृतिका सहकारी संघसंस्थाहरुको पर्वधन गर्ने उद्देश्यले वि.स. २०२६ सालमा स्थापित संघको सधारण सभाबाट अझ सशक्त बनाउन सहभागिहरुले जोड दिएका छन् । संघ भित्र स्थापित सवै प्रकृतिक विषयगत संघ र प्रारम्भिक सहकारी संस्थाहरु आवद्ध हुन पाईने प्रावधान रहेको छ । आफ्ना सदस्य संस्थाहरुको विकास र प्रर्वधनका लागि सदस्यहरुमा सेवा प्रदान गर्दै सहकारी संस्थालाई थप व्यवसायिक रुपमा प्रतिस्पर्धात्मक बनाउन सहभागिहरुले जोड दिए ।

सहकारी शिक्षा, तालिम, सूचना र क्षमता विकास,शेयर सदस्य संस्थाहरुलाई नियमित अनुगमनका कार्यक्रमलाई प्रत्येक सहकारी संस्थाहरुमा पुर्याउन अनिवार्य रहेकाले जिल्ला संघले सरोकारवाला निकायहरुसंग सहकार्यमा कार्यक्रम संचालन गर्ने प्रतिबद्धता गरेको छ ।

सरकारले अवलम्बन गरेको तिनखम्बे अर्थनिती अनुरुप सवल अर्थतन्त्र निर्माणका लागि सरकार गाउँ गाउँमा सहकारी घर घरमा भकारी भन्ने नारालाई प्राथमिकतामा राखी सरकारको तीन खम्बे अर्थनिति मध्येमा सहकारीलाई एउटा महत्त्वपुर्ण खम्बाको रूपमा बिकास गर्दै लैजाने कामको थालनी आवश्यक रहेको सहभागिहरुको कथन छ ।

सभामा मन्त्रालयका सहकारी महाशाखा प्रमुख ओम नारायण झाले जिल्ला संघको क्षमता विकासका लागि विभिन्न किसिमका तालिम,गोष्ठि, सम्मेलन संचालनमा प्रदेश नं.२ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रत्यक्ष सहयोगमा रहने बताए ।

धनुषाको प्रत्येक पालिकाहरुलाई सहकारीको एकिकृत व्यवसायिक विकास तथा रणनैतिक योजना, ऐन, नियमावली, कार्यविधि, निति निर्माण तर्जुमा तथा अनुगमन, सुपरिवेक्षण, सहकारी बीच एकिकरण कार्य सम्पादन कार्यक्रम सम्बन्धि समन्वय सहकार्यको लागि आवश्यक पहल गर्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ का सल्लाहकार ध्रुव नारायण यादवले बताए ।

सभाको उद्घाटन सत्रमा आर्थिक वर्ष २०७८।०७९ को वार्षिक कार्यक्रम तथा बजेट प्रतिवेदन संघका संचालक राम हृदय यादवले सार्वजनिक गरिएको छ । कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष बिनोद रोहिता र कार्यक्रम संचालन राजेन्द्र कुमार साहले गरेका थिए । बिशिस्ट अतिथि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं.२ का सहकारी महाशाखा प्रमुख ओम नारायण झा सल्लाहकार ध्रुव नारायण यादव, राजेन्द्र महतो,सहकारीकर्मी रेखा मण्डल,ओपेन्द्र कुमार यादव,राम कुमार मण्डल,बिनिता यादव,ज्ञानेन्द्र साह,प्रमोद छिट्टान, जिल्ला सहकारी संघका व्यवस्थापक राम बिलास यादव लगायत संचारकर्मी तथा सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds