श्री जनता नमुना प्राविधिक मावि गिद्वा बेलापट्टीका प्रअ मण्डल राष्ट्रपतिबाट सम्मानित

जनकपुरधाम । श्री जनता नमुना प्राविधिक माध्यमिक विधालय गिद्वा बेलापट्टी धनुषाको प्रधानाध्यापक पवन कुमार मण्डल राष्ट्रपतिबाट सम्मानित भएका छन् ।

शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुरयाएको भन्दै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानित गरेको हो । उनलाई प्रबल जनसेवाशश्रीबाट सम्मानित गरिएको हो ।

बिज्ञापन

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान गर्नै व्यक्तिहरुलाई विभूषण प्रदान गर्नु भएका छन् । नयॉ बर्षको शुभ अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले शहिदनगर नगरपालिका वडा ८ (नाथपट्टि/बिसरभोरा) निवासी प्रधानाध्यापक पवन कुमार मण्डललाई सम्मान गरेको हो ।

सो सँगै विभिन्न क्षेत्रमा योग्दान पुरयाएका सयौँ जनालाई सम्मानित गरिएको हो ।