2024-04-30

Close

जनकपुरधाम,१९ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्ती प्रतियोगिताका खेलाडीहरु बुधबार जनकपुरधाम आइपुगेका छन् । आउँदो शुक्रबारदेखि चार दिनसम्म चल्ने कुस्तीका लागि विभिन्न पाँच देशका खेलाडीहरु जनकपुरधाम आएर खेल हुने कर्वड हल मैदानमा अभ्यास समेत गरेका छन् ।

खेलाडीहरुका लागि जनकपुर र बर्दिबासका होटलमा बासको व्यवस्था भएको छ । जनकपुरमा ठाउँ नपुगेपछि बर्दिबासमा पनि व्यवस्था गर्नुपरेको धनुषा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमलकिशोर चौधरीले बताए । उनको अनुसार सागमा सात देशको सहभागिता रहेपनि कुस्तीतर्फ माल्दिभ्स र भुटानले भाग नलिनएको जनाए ।

नेपाल, भारत, बंगलादेश, श्रीलङ्का र पाकिस्तान कुस्तीमा भाग लिएका छन् । ती मध्ये पाकिस्तान बाहेक चारवटै देशका महिला पहलमान (कुस्तीवाज) पनि भाग लिएको हो । जनकपुरस्थित कबर्डहलभित्र खेल हुनेछ । मैदानको सबै तयारी भइसकेको छ ।

हलभित्र सिमित दर्शकमात्र अटाउन सक्ने भएकाले कबर्डहल बाहिर र जानकी मन्दिर परिसरमा ठूलो पर्दा लगाएर प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ । कुस्तीका लागि छनोट भएका नेपाली खेलाडीहरु नरेश यादव, सरोज यादव, बुन्नीलाल राउत अहिर, राज यादव, सागर यादव, सुरेश चुनारा र सुमिरकुमार साहले नेपालको तर्फबाट कुस्तीमा भाग लिनेछन् ।

चुनारा महेन्द्रनगरबाट आएका हुन् भने अन्य सबै खेलाडी प्रदेश २ कै हुन् । महिलातर्फ मनिषा सिंह, संगीता धामी, सुशिला चन्द, सिवांगी दुवे, अम्बिका भण्डारी, निर्मला जागरी र कोमल खत्रीको नाम सिफारिस भएको छ । उनीहरु पनि बुधबारै साँझ जनकपुर आइपुगेको चौधरीले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds