श्याम गुप्ता
बिरगंज, ३० पुस – बिरगंज स्थित सूर्य होस्पिटलमा माध १ गते देखी आमा सुरक्षा कार्यक्रम अनुसार निःशुल्क प्रसुती सेवा सुरु हुँने भएको छ ।
सुरक्षित र निःशुल्क प्रसुती गराउँन स्वास्थ मन्त्रालय परिवार कल्याण महाशाखाले सूर्य हस्पिटल प्रा.ली. लाई ‘आमा सुरक्षा कार्यक्रम’ सञ्चालनका लागि स्वीकृति प्रदान गरेको हाे ।
सोही अनुसार बिरगंज महानगरपालिका स्वास्थ महाशाखा सित सुर्य होस्पीटलको सम्झौता भएको छ ।
विशेषज्ञ चिकित्सकबाट समान्य र जटिल प्रसुती सेवा एवंम् शल्यक्रियाद्वारा गरिने प्रसुती सेवा समेत निःशुल्क गर्ने गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्न आमा सुरक्षा कार्यक्रम सुचारु गरिएको होस्पीटलका सञ्चालक स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.मोनिका यादव सिंहले जानकारी दिएकी छन् ।
आमा सुरक्षा कार्यक्रममा उल्लेख सेवा सुबिधा दिन हामी प्रतिवद्ध रहेको होस्पिटलका अध्यक्ष डा.सरोज सिंहले बताए । आमा सुरक्षा कार्यक्रमको अनुमति प्राप्त गरे पछि निःशूल्क रुपमा डेलीभरी हुँने र बिरगंज सहिँत पर्सा, बारा, रौतहटका र सर्लाहीका जनताहरु लाभान्वित हुँने डा.सिँहको दाबी छ ।
आमा सुरक्षा कार्यक्रमबाट आम गरिबको उपचार विशेषज्ञ चिकित्सकबाट सुर्या अस्पतालले गर्न अवसर पाएकोमा आँफू हर्षित डा.सिंहले बताए ।
डा.सिंहले प्रदेश सरकारबाट ५० बेड क्षमताको अनुमति पनि सुर्या होस्पीटलले प्राप्त गरेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा नवजात शिशु विशेषज्ञ डा.कुश राज गिरीले सुरक्षित प्रसुतीसँगै शिशुको पनि स्वास्थमा ध्यान दिईने बताए ।
२०७८ साउन ७ गते परिवार कल्याण महाशाखामा सिफारिस गरेको थियो । महानगरपालिकाको सिफारिस प्राप्त गरे पछि र स्वंम् आँफै अनुगमन गरे पछि स्वास्थ सेवा विभागको २०७८ कार्त्तिक २२ गते निर्णय अनुसार परिवार कल्याण महाशाखाले आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न सुर्य अस्पताललाई स्विकृत दिएको छ । १३ बेडको आईसियु, ४ वटा अप्रेशन थ्रिएटर सहिँत मेडिकल आईसियु, सर्जिकल आईसियु लगायतका सेवा सुविधा सूर्या होस्पीटलमा रहेको छ ।
This will close in 20 seconds
This will close in 0 seconds