2024-05-16

Close
श्याम गुप्ता 
बारा, ०६ बैशाख । तराईको जिल्ला बारामा साँझबिहानको तापक्रम दिन प्रति दिन बढ्दाे छ । उम्मेदवार गर्मीको वास्ता नगरी मतदाताका घरदैलोमा पुगिरहेका छन् ।
केही दिन अघि मात्रै सम्म काठमाण्डौं मैं रहेका उम्मेदवार अहिले मधेसी पहिरनमा सज्जिएर यति बेला मतदाताको घर आँगनमा दिन रात छन् । राेल .....
अधिकांश चर्चित उम्मेदवार बाहिरी जिल्लका भएकाले समेत उनीहरु एकसरो घरदैलो मैं व्यस्त छन् । बाराको चर्को घामको प्रवाहा नगरी उम्मेदवार घरदैलो गरिरहेका हुँन् ।
देशभर उप-निर्वाचनको सर्दगर्मी ह्वात्तै बढेकाे बेला बारा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका पुरानालाई नयाँले मुश्किल पार्ने देखिएको छ । सबै क्षेत्रमा उम्मेदवार चुनावी कार्यक्रम र घरदैलो अभियानमा छन् । चुनावी मैदानमा उत्रिएका उम्मेदवारले जित्ने दाबी समेत गरिरहेका छन् ।
बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल बिच मुख्य प्रतिस्पर्धा हुँने आंकलन गरिए भए पनि उनीहरूलाई जनमतका शिवचन्द्र कुशवाहा र राष्ट्रिय स्वतन्त्रका रमेश खरेलले चुनौंती दिदै बारा उत्रिएका छन् ।
चुनावको मिति नजिकिँदै गर्दा जसपालाई जनमतका उम्मेदवार भारी पर्ने सम्भावना बढ्दो छ ।
मधेसवादी दलका दुई शिर्ष नेता बिचको रस्साकस्सीको फाइदा उठाउँने दाउमा नेकपा एमाले देखिन्छ ।
मधेस मैं राम्राे छवी बनाउँन सफल एमालेका उम्मेद्वार पुरुषोत्तम पौडेल अन्य उम्मेदवारका लागि भने टाउको दुखाइ बनेको छ । पौडेल बलिया उमोदवार समेत हुँन् ।
पौडेल बारा कै चिर परिचित अनुहार तथा बाराका पुरानों र जनमुखी नेताकाे रुपले समेत परिचित भएकाले अन्य उम्मेदवारका लागि उनि टाउको दुखाइ बनेको हुँन् ।
पौडेललाई अन्य उम्मेदवार झैं चिनाउँदै हिन्नु पर्ने बाध्यता नभएकै कारण घरदैलो र टोल सभाको अन्तिम चरणमा पुर्‍याएका छन् ।
गत २०७० सालमा बारा क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष रूप मैं निर्वाचन लडेर बिजयी भएका पौडेलले मतदाता सामु विकासका एजेण्डा तथा शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरेर युवालाई देश मैं बस्ने वातावरण बनाउँने प्रतिबद्धता समेत राखिरहेका छन् । त्याे समय पाैडेलले गरेकाे याेगदानकाे कदर गर्दै जनताको जन लहर समेत एमालेका पौडेल प्रति नैं देखिन्छन् ।
यता, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्रका रमेश खरेललाई भने सबै पालिका र प्रत्येकको घरमा गएर मतदातालाई रुझाउँनु पर्ने बाध्यता देखिन्न्छ । जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका यादवका लागि बारा क्षेत्र नम्बर २ मा पनि भने जस्तो सजिलो देखिएको छैन् ।    बारामा पनि उनी सामु डा.राउत बाधक बनेर अगाडि आएका छन् । राउतले मंसिरमा सम्पन्न चुनावमा पनि गठबन्धनको उम्मेदवार भइ झिनाें मतान्तरले पराजित शिवचन्द्र कुशवाहालाई चुनावी मैंदानमा उतारेका छन् ।
नेकपा माओवादी केन्द्रका कुशवाहालाई पार्टी प्रवेश गराउँदै डा.राउतले उम्मेदवार मात्रै बनाएनन्, आँफै चुनावी कमाण्ड सम्हालिरहेका छन् । मनोनयन दर्ता पछि बारा मैं बसिरहेका डा.राउतले सम्हालेको चुनावी कमाण्डलाई उछिन्दै जित सुनिश्चित गर्न यादवलाई सकस देखिन्छ ।
त्यसो त जसपा अध्यक्ष यादव चुनावी मैंदानमा प्रतिस्पर्धी नैं नभेटेको बताइरहेका छन् । मैंदानमा प्रतिस्पर्धी नैं नदेखेकाले चुनाव जित्नेमा ढुक्क रहेको उनी बताउँ छन् । बारा २ का जनता आँफूलाई जिताउँन उत्साहित रहेको यादवको भनाई छ ।
तर, जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले भने जसपा अध्यक्ष यादवले चुनावी जित्ने कुँनै आधार नदेखेको दावी गरिरहेका छन् । सप्तरीबाट पराजित भएका यादवलाई बारा २ का जनताले किन जिताउँने? बाराको ईज्जत किन्न आएका हुँन् उनी? भन्दै प्रश्न तेर्स्याउँ छन् ।
राउतको भनाइ अनुसार बारा २ का जनताले धर्ती पुत्रलाई जिताउँने छन्। अर्थात् आफ्नैं पार्टीका उम्मेदवार कुशवाहाको जित सुनिश्चित रहेको राउतको दावी छ ।
‘जसले आफ्नैं चुनावी क्षेत्रमा केही गर्न सकेन, पराजित भएर अहिले बारा आएको छ’ राउतले भने ‘उसले यहाँ चुनाव जित्ने आधार नैं छैन् । धर्ती पुत्रले चुनाव जित्ने निश्चित छ ।’
राउतको भनाईलाई जसपाका यादवले भने फर्जी कुरा भनिरहेका छन् । आफ्नों उम्मेदवारको प्रचार गर्ने भन्दा पनि डा.राउतले आँफू नैं उम्मेदवार भए जसरी मत माँगिरहेको यादवले बताए ।
‘आफ्नों उम्मेदवारको सामाजिक छविका कारण राउतले आँफू नैं उम्मेदवार भए जसरी मत माँगिरहेका छन’ यादवले भने ‘यो सबै जनता झुक्याउँने फर्जी कुरा हो । फर्जी काम गर्न राउत बारामा समेत आएका छन् ।’  आँफूलाई चुनावमा पराजित गर्छु भन्दै हिडिरहेका राउतलाई यादवले परिचालित व्यक्तिको संज्ञा दिएका छन् । ‘उपेन्द्र यादव हार्छ भन्ने बोली राउतको होइन अरुको हो । मुख उहाँको तर भनाई अरुको हो । राउतले त जागिर खाई रहँनु भएको छ ।’
चार महिना मैं उप-निर्वाचनमा होमिएका यादव यो अवसर खेर फाल्न चाहँदैनन् । चुनाव जित्न उनले सकेको शक्ति प्रयोग गरिरहेका छन् । मधेस प्रदेसका मुख्यमन्त्री सरोज कुमार यादवको घरलाई मुकाम बनाएर जसपा अध्यक्ष यादवको चुनावी अभियान अघि बढिरहेको छ ।
यादवको चुनावी प्रचारमा प्रदेशका अर्थ मन्त्री संजिव कुमार यादव, सामाजिक विकास मन्त्री सुरिता कुमारी साह सहिँत प्रदेश सभा सदस्य, सत्तारुढ दलका नेता सक्रिय भएर लागेका छन् ।
यता, जनमत पार्टीका अध्यक्ष राउत आँफै मतदाताको घरघरमा पुगिरहेका छन् । उनले चुनावी अभियानलाई स्वाभिमान् यात्रा बताईरहेका छन् । बारा २ को विकासमा धर्ती पुत्रको खाँचो रहेको बताउँदै राउत घरदैलोमा डुलिरहेका छन् । राउतको उपस्थितिले कुशवाहालाई राहत मिलेको देखिन्छ ।
यता मधेसवादी दलका दुई शिर्ष नेता बिचको रस्सा-कस्सीको फाइदा उठाउँने दाउमा नेकपा एमाले देखिन्छ । एमालेले पोलिव्युरो सदस्य एवंम् पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई चुनावी मैदानमा छन् । बाराको भूमिमा राजनीतिक जीवन बिताएका पौडेल पनि चुनाव जित्नेमा ढुक्क देखिएका छन् ।
‘जनताको साथ एमालेले प्राप्त गरिरहेको छ । काम गर्ने पार्टी कुँन हो भनेर जनताले बुझेका छन्,’ उम्मेदवार पौडेलले भने, ‘त्यसैले पनि एमालेको जित सुनिश्चित देखेको छु ।’
एमालेको चुनावी अभियानमा शिर्ष तहका नेता समेत सहभागी भरहेका छन् । त्यस बाहेक बारा १ बाट निर्वाचित पोलिटव्युरो सदस्य अच्युत मैनाली र बारा ३ बाट निर्वाचित पोलिटव्युरो सदस्य ज्वाल कुमारी साह पौडेलको प्रचारमा सक्रिय देखिएका छन् ।
दुई निर्वाचन क्षेत्रमा निर्वाचित मैनाली र साहको उपस्थितीले पौडेलको चुनावी अभियानलाई बलियो बनाउँदै लगेको छ । त्यस बाहेक मधेसबादी दुई दल बिचको लडाईको फाइदा लिने दाउमा एमाले देखिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेल र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवाली पनि चुनावी मैंदानमा सक्रियताका साथ लागेका छन् । काठमाण्डौंमा पराजित भएका खरेल मधेसको भूमिबाट चुनाव जित्नेमा ढुक्क देखिन्छन् । उनको चुनावी अभियानमा साथ दिन पार्टी सभापति रवि लामिछाने एक-पटक बारा आईसकेका छन्, भने अन्य नेतृत्व सक्रियताका साथ लागि रहेका छन् ।
यता प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार ज्ञवाली चुनावको नतिजा आफ्नों पक्षमा आउँने दावी गरिरहेका छन् । मंसिरमा सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई करिब आठ हजार मत प्राप्त गरेका ज्ञवाली यस पटक आम जनता पार्टीबाट उम्मेदवार बनेका हुँन् । उनको चुनावी अभियानमा अध्यक्ष साह आँफै सक्रिय भएका लागेका छन् ।
राजनीतिक दलका उम्मेदवार सबैले चुनाव आँफूले जित्ने दावी गरिरहे पनि आम मतदाता भने अन्यौलमा देखिन्छन् । विकासको नारा बोकेर घरदैलोमा पुगिरहेका उम्मेदवारलाई धुलाम्य सडक र फुसको घरबाट मतदाताले नियालिरहेका हुँन्छन् । चुनावमा नारा बोकेर आए पनि विकासका काम भने नगरेको मतदाताको गुनासो छ ।
बारा क्षेत्र नं.२ मा करिब एक लाख पाँच हजार मतदाता छन् । यस निर्वाचन क्षेत्रमा पचरौता नगरपालिका, महागढीमाई नगरपालिका, करैयामाई, देवताल, सुवर्ण गाँउपालिका र कोल्हबी नगरपालिकाको वडा नं. ८ को भु-भाग पर्दछ ।
बाराबाट श्याम गुप्ताको स्थलगत रिपोर्ट ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds