2024-05-05

Close

जनकपुरधाम । नेकपा एमालेका नेता कार्यकर्ताहरूले जनकपुरधाममा प्रहरी प्रशासनविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

आफ्ना नेता कार्यकर्तामाथि झुटा मुद्दा लगाएर पक्राउ गर्न खोजेको भन्दै धनुषाका प्रहरी प्रशासनविरुद्ध एमालेका नेता कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री उमाशंकर अरगरियाको नेतृत्वमा एमालेका नेता कार्यकर्ताहरूले नाराबाजीसहित नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

भ्रष्टाचारमा लिप्त शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्तप्रसाद शर्माको संरक्षणमा लागेको भन्दै एमालेले धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काविरुद्ध प्रदर्शन गरेको हो । एमालेका नेता कार्यकर्ताहरूले जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ गर्दै एसपी खड्का र शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्माविरुद्ध प्रदर्शन गरे ।

भ्रष्टाचारको आरोप लागेका इकाई प्रमुख शर्मालाई कारबाही गर्नुको साटो प्रहरी प्रशासन झन् संरक्षणमा लागेको पूर्वमन्त्री अरगरियाले आरोप लगाए । उक्त घटनामा आफ्ना नेता कार्यकर्तालाई फसाउन खोजेपछि बाध्य भएर आफूहरू सडकमा आउनुपरेको अरगरियाले बताए ।

शुक्रबार दिउँसो युवाहरूको एक समूहले शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्मालाई कालोमोसो दलेका थिए । शिक्षक सरुवा, पदस्थापन, शिक्षक नियुक्ति लगायतको काममा शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख शर्माले घुस खाएको भन्दै शर्मालाई युवाहरूको समूहले कालोमोसो दलेको थियो ।
प्रदर्शनमा एमाले केन्द्रिय सदस्य संजिव झा सुरज, जिल्ला अध्यक्ष राजकिशोर यादव, विदेह नगरपालिकाका मेयर बेचन दास, औरही गाउँपलिकाका अध्यक्ष उमाशंकर साह लगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds