2024-04-18

Close

श्याम गुप्ता
बारा / बारामा थप ३७ हजार १ सय ६१ जना मतदाता थपिएका छन् । पौष १८ गते सम्म जिल्लामा नयाँ र पुराना गरी ४ लाख १३ हजार ७ जना मतदाता पुगेका हुँन् ।
जिल्ला निर्वाचन कार्यालय, बाराले मंसिर तेस्रो साताबाट मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरेको थियो ।
जिल्लाका १३ वटा पालिकामा २ चरणमा टोली समेत खटाईएकाे थियो । टोलीमा १९ हजार ३ सय ७९ र कार्यालयबाट १७ हजार ७ सय ८२ गरी जम्मा ३७ हजार १ सय ६१ जना नयाँ मतदाताको नाम दर्ता गरेको जिल्ला निर्वाचन अधिकृत सरोज कुमार चौधरीले बताएका छन् ।
जस मध्ये ९ हजार ७ सय ३६ महिला र ९ हजार ६ सय ४३ पुरुष गरी १९ हजार ३ सय ७९ जनाले टोलीमा नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालय बाराले मंसिर १७ गते देखि पौष २ सम्म ७ वटा पालिका र पौष ४ गते देखि १८ गते सम्म ६ वटा पालिका गरी जम्मा १३ वटा पालिकाहरुमा दुई चरणमा टोली मार्फत नामावली संकलन गरिएको थियो ।
जिल्ला प्रशासान कार्यालय, निर्वाचन कार्यालय, सिमरा र कोल्हबी ईलाका प्रशासन कार्यालय मार्फत नियमित रुपमा नामावली संकलन भईरहेको अधिकृत चौधरीले बताए ।
उल्लेखित कार्यालय सम्मै पुगेर ८ हजार ३५ जना महिला र ९ हजार ७ सय ४७ जना पुरुषले नाम दर्ता गराएका हुँन् ।
कलैया उपमहानगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका र कोल्हबी नगरपालिकामा निर्वाचन कार्यालय तथा ईलाका प्रशासन कार्यालय भएका कारण टोली नपठाईएको चौधरीले जानकारी दिएका छन् ।
पौष १८ गते सम्म चलेको टोलीमा सबै भन्दा बढी ३ हजार ५ सय ३६ जना सिम्रौनगढ नगरपालिकामा र सबै भन्दा कम १ हजार १० जना देवताल गाउँपालिकामा मतदाता थपिएका छन् ।
यसरी टोलीमा नाम दर्ता गर्नेमा युवाहरुको संख्या अधिक रहेको निर्वाचन अधिकृत चौधरीले जानकारी दिए ।
बारामा यस अघि १ लाख ६८ हजार १ सय १९ महिला, २ लाख ७ हजार ७ सय १६ पुरुष र ११ जना तेस्रो लिङ्गी गरी ३ लाख ७५ हजार ८ सय ४६ मतदाता थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds