2025-06-17

Close

जनकपुरधाम । जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणमा केन्द्रित ‘रेन परियोजना’ धनुषाको जनकनन्दिनी गाउँपालिकामा लागू हुने भएको छ। परियोजना सुरु गर्नुअघि जनकपुरधाममा मंगलबार आयोजित कार्यक्रममा जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवसँग छलफल गरिएको हो।

छलफलमा रेन परियोजनाका वरिष्ठ अनुकूलन अधिकृत सन्तोष कुमार मोरबैता यादव र लिवर्डका संयोजक हरिकृष्ण भट्टराई सहभागी थिए। उनीहरूले अध्यक्ष यादवलाई परियोजनाको उद्देश्य, कार्ययोजना र पालिकासँगको सहकार्यबारे जानकारी गराए।

टोलीले जनकनन्दिनी गाउँपालिकामा बाढी, पहिरो तथा वातावरणीय जोखिम न्यूनीकरणका लागि गरिने कार्यहरू र समुदायमा सचेतना अभिवृद्धिका पहलबारे समेत अवगत गराएको थियो। वरिष्ठ अधिकृत यादवले जोखिम न्यूनीकरणका लागि सूचना प्रवाहलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए। सूचना सुलभ नहुँदासम्म समुदाय सजग हुन सक्दैन, उनले भने, स्थानीय तह र समुदायको सहभागितामै समाधानको बाटो हुन्छ।

अध्यक्ष यादवले जनकनन्दिनी जस्तो जलवायु जोखिमयुक्त क्षेत्रमा परियोजनाको उपस्थिति समयानुकूल र महत्वपूर्ण भएको उल्लेख गर्दै परियोजनाको छनोटकर्तालाई धन्यवाद व्यक्त गरे। हाम्रो पालिका हरेक वर्ष कमला र बछराजा नदीको बाढीले प्रभावित हुने गर्छ, उनले भने, यस्तो अवस्थामा रेन परियोजना निकै उपयोगी हुनेछ।

अध्यक्ष यादवले परियोजना कार्यान्वयनमा पालिकाले आवश्यक बजेट विनियोजनसहित पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। यो परियोजना हाम्रो आवश्यकता हो, उनले भने, स्थानिय सरकारले सहयोग र साथ रहनेछ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर