2024-04-30

Close

मधेश अलग ‘देश’ हुनसक्ने महन्थ ठाकुरको चेतावनी

विपिन कुमार यादव ,

जनकपुरधाम  असोज ३, २०७६ :- राजपा नेपालका पूर्व संयोजक महन्थ ठाकुरले अब पनि संविधान संशोधन नगरे मधेश अलग देश हुनसक्ने चेतावनी दिएका छन् । शुक्रवार जनकपुरमा एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा नेता ठाकुरले मधेशको हक अधिकारका लागि राज्यले बेवास्ता गर्दै आएकाले सरकारलाई सचेत र गम्भिर हुन आग्रह पनि गरे । ‘मधेशी, थारु, आदिवासी जनजातिका अधिकार खोसिएका छन् । अहिलेको संविधान हाम्रो होइन, यस्तै रहेमा हामी मधेशलाई अलग देश पनि बनाउन सक्छौँ’ ठाकुरले चेतावनी दिए ।

नेपालको संविधान २०७२ मा जनताको अवधारणा : राष्ट्रिय बहस र मन्थन विषयक कार्यक्रममा सम्बोधन गर्दै २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबू राउतले वर्तमान संविधान मधेशी, उत्पीडित, दलित, महिला,मुस्लिम लगायतलाई समावेश नगरेकाले सर्वस्वीकार्य नरहेको बताए ।

 

उनले सर्वस्वीकृत संविधान बनाउन हरेक वर्गको भावना समेट्दै संविधान संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको भन्दै समयमै संशोधन नगरे केन्द्र सरकारले ठुलै मूल्य चुकाउने चेतावनी दिए । मुख्यमन्त्री लालबाबु राउत संविधान दिवसका अवसरमा आफंैले घोषणा गरेको कार्यक्रम छोडेर गैरसरकारी संस्थाले गरेको संविधानविरोधी कार्यक्रम गएका हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds