2024-04-30

Close

जनकपुरधाम,२८ कार्तिक । प्रदेश २ को आठवटै जिल्लामा व्यूटी पार्लर तथा सिलाई कटाई सम्बन्धि प्रशिक्षण दिने नाममा लाखौं रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जनकपुरधामका विभिन्न व्युटीपार्लरहरुसंग विद्यार्थीलाई तालिम दिने नाममा व्युटीपार्लर सञ्चालकहरुसंग पैसा उठाउँदै गरेको अवस्थामा विहिवार एक जना पक्राउ परेपछि लाखौं रुपैयाँ ठगी गर्ने गिरोहको पर्दाफास भएको छ ।

रकम ठगी गर्दै गरेको अवस्थामा धनुषाको जनकनन्दनी गाउँपालिका-६ कठालका सुदिप यादव पक्राउ परेपछि गिरोह बनाएर ठगी रेकेट चलाएको खुलेको हो । फर्जी संस्था खडा गरेर नेपाल कल्चर नामक संस्थाबाट प्रदेश २ को आठवटै जिल्लामा गिरोह नै खडा गरेर प्रदेशका अधिकांश व्युटीपार्लरमा पुगेर विद्यार्थीहरुलाई नि:शुल्क प्रशिक्षण दिइने र त्यसको लागि २ हजारको दरले प्रशिक्षार्थीहरुसँग फारम चार्ज उठाउन व्युटीपार्लर संचालकलाई भन्दै आएको थियो ।

व्युटीपार्लरमा प्रशिक्षण दिने सोहि व्युटीपार्लरका शिक्षीकालाई १२ हजारको महिनाको तलव ,दैनिक नास्ताका लागि एकसय रुपैयाँ र प्रशिक्षार्थीहरुको खाजाका लागि पनि एकसय रुपैयाँ दिने प्रलोभन देखाएर बढि भन्दा बढि विद्यार्थीलाई नि:शुल्क प्रशिक्षणमा सहभागी गराउनका लागि फारम भराउन व्युटीपालर्र संचालकलाई भनेर त्यसवापत उठेको पैसा असुल गर्दै आएको थियो ।

यति मात्र नभई उक्त फर्जि संस्थाले सिलाई कटाई तालिमका लागि समेत सोहि प्रक्रिया अपनाएका थिए । फारम वितरण गर्दै आएका सुदिप यादवले विभिन्न जिल्लाबाट लाखौँ रकम उठाएको बताइएको छ । पक्राउ परेका सुदिप यादवका अनुसार महोत्तरी पिपरा गाउँपालिका निवासी दिनेश यादवले नेपाल कल्चर व्युटी पार्लरका लागि १५ हजार प्रति महिना तलवमा आफुलाई राखेको र व्युटीपार्लरहरुमा गएर फारम जम्मा गर्ने काम दिएको बताए ।

यता उनीसंगै यस काममा महोत्तरी पिपरा निवासी अभिशेष यादव,जनकपुरधाम बस्ने रामपुकार साह र जनकपुरधामकै सन्तोष समेत रहेको पक्राउ परेका यादवको भनाई रहेको छ । यस सम्बन्धमा प्रहरीले छानवीन भइरहेको जानकारी दिएको छ । छानवीन पश्चात घटनाको सत्य तथ्य खुल्ने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds